३१ बैशाख, एजेन्सी । फिलिपिन्सको राजधानी मनिला नजिकैको अर्ध शहरी इलाकामा एक रवर जुत्ता बनाउने फ्याक्ट्रीमा आगलागी हुँदा कम्तिमा ४५ जनाको जलेर मृत्यु भएको छ ।
अहिले पनि कम्तिमा २६ जनाको अवस्था अज्ञात रहेको बताइएको छ । मृतकको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।
अग्नि नियन्त्रकहरुले आगो नियन्त्रणमा लिन निक्कै संघर्ष गर्नु परेको समाचारमा उल्लेख छ ।
आगोमा जलेर मरेकाहरुको शव अझै पनि भग्नावशेषमा रहेको र झिक्न कठिन भैरहेको अधिकारीहरुले बताएका छन् ।
आगोलाग्नुको कारणबारे विवरण सार्वजनिक भएको छैन ।

स्रोत साभारः- www . nepaliheadlines . com
समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तल↓को बक्सको बीचमा क्लिक गर्नुहोला ।