Sunday, May 17, 2015

- धरधरी रुवाउने भूकम्पको यो गीत…(भिडियो सहित)


काठमाडौं, जेठ ३ । विनाशकारी भूकम्पको पीडा जो कोहीको मन बहकिएको छ । सबै क्षेत्र पींडामा छ । त्यहीँ पीडालाई भुल्न कलाकारले गीत रचेका छन् । साहित्यकार, कवि सबैले आफ्ना दुखेको नेपाललाई मह्लम लगाउने गरी रचनाहरू रचेका छन् ।अहिले एउटा गीत साह्रै मार्मिक रुपमा प्रस्तु गरिएको छ । युवा गायक हेमराज अश्रामले एउटा मार्मिक गीत सार्वजनिक गरेका छन् । म्युजिक नेपालले सार्वजनिक गरेको उक्त गीत अहिले वैशाख १२ गतेको भूकम्पको पींडालाई झल्काएको छ ।
‘भूकम्प गयो’ बोलको गीतमा देखाइएको दृष्य, शब्द र लयले जो कोहीको मनलाई पगाल्ने खालको छ । बागलुङ तंग्रामका युवा कलाकार हेमराजको यो गीत एकै दिनमा यूट्युवबाट भाइरल बनेको छ । - Source: www.everestdainik.com
यो समाचारसँग सम्बिन्धित भिडियोका लागि तलको बक्समा क्लिक गर्नुहुन अनुरोध गर्दछौ ।