पाल्पा, जेष्ठ २ । विनाशकारी भूकम्पले एकैघरका ४ जनाले ज्यान गुमाएपछि पाल्पाको हेक्लाङ गाउँ शोकमा छ । गत वैशाख १२ गतेको भूकम्पले काठमाडौंको गोंगबुस्थित बुटवल–पाल्पा गेस्ट हाउस सचालन गर्दै आएका नरबहादुर सिंजाली, उनका छोरा दिलबहादुर, बुहारी भूमिकला र नातिनी अनुष्काको भुकम्पले लज भत्किँदा च्यापिएर मृत्यु भएको थियो ।
बाबु–छोराको शव १० दिनपछि परिवारले पाएपनि बुहारी र नातिनीको शव अझैसम्म फेला पार्न सकिएको छैन । तर, उनीहरु पनि जीवितै हुने सम्भावना नभएपछि चारैजनाको फोटो राखेर परिवारले काजक्रिया गरेका छन् ।
च्यापिएको अवस्थामा रहेका कान्छा छोरा भने आफैंले इँटा पन्छाएर अर्को घरको छतमा हामफालेर बाँचेका थिए ।
२० लाख ऋण काढेर तीन बर्षअघि लज सन्चालन गरिएको कान्छा छोरा यमबहादुरले जनाएका छन् । उनीहरुको गाउँको घर पनि बस्न नहुने गरी क्षतिग्रस्त भएको छ । - Source: http://imagekhabar.com/samachar/detail/47978/29/.shtml

समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तल↓को बक्सको बीचमा क्लिक गर्नुहोला ।