Thursday, May 21, 2015

-भद्रगोल र मेरी बास्सै टिमद्वारा धादिङ्ग जिल्लामा राहत बितरण




गत बैशाख १२ गते देशमा विनाशकारी भूकम्प गएसँगै पीडितलाई राहत वितरणमा चर्चित हास्य श्रृङ्खला मेरीबास्सै र भद्रगोलका कलाकार सक्रिय भएर लागेका छन् ।
कार्यक्रमका लागि अमेरिका पुगेका मेरीबास्सैका कलाकारद्वय सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली भुकम्प गएसँगै पीडितहरुका लागि सहयोग गर्नुपर्ने भन्दै बीचमै स्वदेश फर्किएर सहयोगी संस्था जीवन विज्ञान, सामाजिक सञ्जाल सगुन र भद्रगोलसँग मिलेर राहत वितरणमा सक्रिय भएका छन् ।
धादिङ्ग जिल्लाको थाक्रे गाबिस-८ मा पनि  मेरी बास्सै, भद्रगोल टिम र  लाइफ साइन्स फ्यामिली द्वारा राहत बितरण भएको छ ।
 भद्रगोल
सो स्थानमा पीडितहरुलाई चामल टेन्ट, चाउचाउ , म्याट, नुन, लगायतका सामग्री बाँड्ने कार्यक्रम रहेको छ भने प्रभावितहरुको उपचारको लागि एम्बुलेन्स र चिकित्सकहरुको टोली समेत सँगै लगिएको छ ।
यसैगरी भद्रगोलका चर्चित कलाकार कुमार कट्टेल जिग्रिले आफूहरुको सहयोग निरन्तर जारी रहने जानकारी दिँदै देश विपत्तीमा परेको बेला सहयोग गर्नु कलाकारको दायित्व भएको बताए । उनले आफूहरुले चर्चाको लागि काम नगरेको जानकारी दिँदै भने – हामीले चर्चाको लागि काम गरेका होइन । पीडितहरुको पीडालाई केहि कम हुने विस्वास सहित सहयोगमा जुटेका हौं ।
केहि कलाकार तथा संस्थाहरु सहयोग भन्दा पनि सस्तो प्रजारबाजीका लागि लागिपरेको संकेत गर्दै उनले आफूहरु सस्तो प्रचारबाजी र फोटो खिचाउनका लागि मात्रै नहिँडेको समेत बताए । Ref: ZestKhabar

~~~समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तलको बक्सको बीचमा क्लिक गर्नुहोला ।~~~