Monday, May 11, 2015

भद्रगोल सुटिङ हुने ठाउँ नै भद्रगोल बनेपछि…(भिडियो सहित)



काठमाडौं, वैशाख २८ – वैशाख १२ गते आएको विनाशकारी भूकम्पले हाँस्य टेलिश्रृङ्खला भद्रगोलको सुटिङस्पट ध्वस्त भएको छ । भद्रगोलको सुटिङ स्पट मुड्खुभञ्ज्याङ आसपासका प्रायः घरहरु ढलेका छन् । करिब ६० घरधुरी रहेको मुड्खुभञ्ज्याङमा सग्ला रहेको पाँच प्रतिशत घरहरु चिरा–चिरा परेका छन् ।
सोमवार मुड्खुभञ्ज्याङ पुगेका भद्रगोलका हरि निरौला कक्रोचले भने ‘हामीले यो गाउँलाई पुनः निर्माण गर्दै नमुना गाउँ बनाउने वाचा गरेका छौं ।’
तत्काल गाह्रो हुने भएपनि त्यसै ठाउँमा सुटिङलाई निरन्तरता दिइने उनको भनाई रहेको छ ।
समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तलको बक्समा क्लिक गर्नुहोला ।