सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली
नुवाकोटबाट राजधानी काठमाडौं घरको आँगन झैँ नजिक देखिन्छ । काठमाडौंदेखि यति नजिक नुवाकोटको ओखरपौवा गाविसका वडा नम्बर ५ कुलेगाँउ र वडा नम्बर ६ ठुलेचित्रे यति विकटमा होला भन्ने कल्पना समेत गरेको थिएनौ । तामाङ जातीको वस्ती रहेको यि २ गाउँमा शिक्षा, स्वास्थ्य सरसफाईदेखि लिएर धेरै कुरामा पछाडि रहेछ । यहाँसम्म पुग्ने सडक पनि राम्रो छैन ।
भूकम्प आउनुअघि यी २ गाँउमा २ सय ४० घर र एउटा निम्न माध्यमिक विद्यालयमा गरी जम्मा ८ वटा मात्र चर्पी रहेछ । गाउँका ३ घर बाहेक सबैजसो घर भूकम्पले गर्दा पूर्ण रुपमा भत्किएका छन् । गाउँमा रहेको महाकाली निम्न माध्यामिक विद्यालयको ४ कोठे भवन बाहेक अर्को ७ कोठे भवन पूर्ण रुपमा भत्किएको छ । यसअघि चर्पी नै नभएको गाउँमा भूकम्पले घर नै भत्काएपछि चर्पी के बन्थ्यो । यहाँका गाउँले भूकम्पपछि पनि खुला रुपमा दिसा पिसाव गर्ने गर्दा रहेछन् । यस्तो विकट र विजोग गाउँमा पुगेर सेवा गर्न पाउँदा ज्यादै खुसी लागेको छ ।
यहाँका २ गाउँमा हरेक ६ देखि ७ घरको बिचमा एउटा चर्पी पर्ने गरी ४० वटा चर्पी बनाइदियौँ । चर्पीमा मात्र दिसापिसाब गर्नुपर्छ भन्ने जनचेतनामुलक सन्देश दिँदै हिँड्यौं । चर्पी नबनाउने पनि अहिले चर्पीको माग गर्न थालेका छन् ।
हामी आएको थाहा पाएर २ दिनपछि जिल्ला जनस्वास्थ्यबाट स्वास्थ्यकर्मी सहितको टोलीले हामी बसेकै गाउँको विद्यालयमा स्वास्थ्य शिवीर संचालन गर्यो । अधिकाँशलाई सामान्य झाडापखला र आउँ रगतमासी देखियो । त्यसको मुख्य कारण चर्पी प्रयोग नगर्नु र सरसफाईको कमी हो । राहत नपाएकाहरुले चामल, दाल र अन्य राहत पनि पाए । दुई गाउँको बीचमा रहेको महाकाली निम्न माध्यामिक विद्यालयको पठनपाठन सञ्चालन गर्न भवनको आवश्यक देखेर टिन, काठ र बाँसबाट विद्यालयको ७ कोठे भवन बनायांै । भवनको उद्धघाटन गर्ने र २०० जना विद्यार्थीलाई कापी, कलम र झोला दिने कार्यक्रम पनि छ ।
हामीले गाउँमा चर्पी र विद्यालयमा विद्यार्थीका लागि ७ कोठे कक्षाकोठाको भवन बनाउँदा स्थानिय युवाको निकै ठूलो सहयोग पायौ । यहाँका स्थानियवासिन्दाहरु सामाजिक काममा निकै सहयोगी रहेछन् । अन्य जिल्लामा युवाहरु देख्नै सकिँदैन, तर यहाँ त युवाहरु धेरै रहेछन् ।
यी २ गाउँ सहित ओखरपौवा गाविसभरीका युवाका लागि र सबै भूकम्प पीडितलाई दिनुपर्ने राहतका बारेमा नेपाल सरकारले बेलैमा ध्यान दिन आवश्यक छ । हाम्रो यात्रामा जसले सहयोग पुर्याउनुभयो, स्थानीयवासी, वैदेशिक रोजगारमा रहेका नेपाली युवा, भद्रगोल टोली फिल्म समुह, सगुन डटकम, जेष्ठ फाउण्डेसन र नेपालका सबै संचारकर्मीप्रति हार्दिक आभार प्रकट गर्दै आगामी यात्राका लागि सहयोगको अपेक्षा राख्दछौँ ।
सुरवीर पण्डित (दारी बा)
काठमाडौंदेखि १ घण्टामा पुग्न सकिने ओखरपौवा गाविसमा बाटो नहुँदा पुग्न ३ घण्टा लाग्यो । भूकम्पपछि त झनै बेहाल भएको रहेछ यहाँ । कलाकारितामा प्रवेश गरेको २९ वर्ष भयो, शायद यति विकट गाउँ र स्वास्थ्य सरसफाईमा जनचेतना नभएको कहीँ देखेको थिएन । यहाँ पहिले त चर्पी थिएन भने भूकम्पपछि के हुन्थ्यो । धुर्मुस सुन्तली सँगै भूकम्प प्रभावित क्षेत्रमा सेवा गर्न पाउँदा खुसी लागेको छ । हामी कलाकारले जसरी खटिएर काम गरेका छौं, अन्य संघ संस्थाले पनि त्यसरी नै सेवा दिईरहेका छन् । त्यसरी सरकारले पनि चासो दिएर प्रभावित गाउँमा सेवा दिन जरुरी छ ।
काठमाडौंका ठूलाठूला होटलमा भूकम्प प्रभावित क्षेत्रमा यस्ता र उस्ता सेवा दिएका छौ दिँदैछौ भनेर बोल्ने मात्र काम भएको छ । समग्रमा हेर्ने हो भने सरकारले भनेजति काम भएको छैन । अहिलेको अवस्थामा सरकारले बोल्ने कम काम बढी गर्नुपर्छ ।
कुमार कट्टेल (जिग्री)
भूकम्प प्रभावित नुवाकोटको विकट गाविस ओखरपौवाको कुलेगाउँ, ठुलेचित्रे पुग्दा अचम्म लाग्यो । राजधानी काठमाडौंको काखैमा रहेका गाउँहरु त यति विकट छन् भने काठमाडौदेखि टाढा रहेका अन्य जिल्लाको हविगत के होला ।
यस्तो विपतको बेला सरकारले भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने टोली सहित हामी जस्ता कालाकार, समाजसेवी, युवा वर्गलाई समेटेर भूकम्प प्रभावित गाउँमा परिचालन गर्न जरुरी छ । सबै नेपाली एकजुट भएर अगाडि बढ्ने हो भने देश बन्छ । त्यसका लागि सरकारले यो नयाँ कामको थालनी गर्न जरुरी छ ।
विपतमा परेकालाई सहयोग गर्ने र शिक्षा, स्वास्थ्य, बाटो लगायतका विकास निर्माणका काम पनि सँगसँगै लिएर सरकार अघि बढ्यो भने अनि मात्र बन्छ नयाँ नेपाल ।

(उज्यालो सहकर्मी भावुक योगीले गरेको कुराकानीमा आधारित)श्रोत उज्यालो अनलाइन
समाचारसँग सम्बन्धित भिडियोका लागि तल↓को बक्सको बीचमा क्लिक गर्नुहुन अनुरोध गर्दछौ