काठमाडौँ, १० जेष्ठ, सुख्खा पहिरोले म्याग्दीको कालिगण्डकी नदी पुरै थुनिएपछि गृह मन्त्रालयले सात जिल्लामा हाई एलर्ट घोषणा गरेको छ। आइतबार बिहान म्याग्दीको राम्चे-९ काफलडाँडाँ नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती-२ स्थित बैंसेरीमा कालिगण्डकी नदी थुनिएपछि गृहमन्त्रायले सो नदीका तटीय जिल्लामा हाई एलर्ट जारी गरेको अन्नपूर्ण पोस्टमा खबर छ।
गृहले नदीको तटीक्षेत्र आसपासमा हुनसक्ने क्षति रोक्न हाई एलर्ट जारी गरेको हो। गृह मन्त्रालयले नदीका तटीय जिल्लाहरु म्याग्दी, बाग्लुङ,पर्वत, पाल्पा गुल्मी स्याङ्जा र नवलपरासीसम्मका नदी किनारका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन निर्देशन जारी गरेको हो। गृहका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले पहिरोले थुनिएको नदी खुलाउन नेपाली सेनाको विशेष टोली त्यसतर्फ जान लागेको जानकारी दिए।
~~~समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तल↓को बक्सको बीचमा क्लिक गर्नुहोला ।~~~