
काठमाडौ, वैशाख २९ - मंगलबारको शक्तिशाली भूकम्पबाट भएको जनधनको क्षतिको विवरण आउने क्रम जारी छ ।
अहिलेसम्मको विवरण यस्तो छ:
दोलखामा १० जनाको मृत्यु ।
सिन्धुपाल्चोकमा चार जनाको ज्यान गएको प्रारम्भिक अनुमान ।
टेकुमा पर्खाल भत्किएर ११ बर्षीया बालिका जुनी जैसवाल र सुन्दरीजलमा एक बृद्धाको मृत्यु ।
नयाँबजार टाउन प्लान निवासी ७८ वर्षीया नरमाया घलेको भूकम्पपछि हृदयघात भएर ज्यान गयो
नयाँबजार ४ तले घर ध्वस्त, उक्त घरले मोटरसाइकलमा सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको र स्थानीयको अनुमान ।
सामाखुशीमा एक बालक पुरिए, उद्धार प्रयास जारी ।
सुनसरीमा एकको मृत्यु, भागदौडमा तीन घाइते ।
रौतहटमा १ महिलाको मृत्यु, ५ घाइते ।
ललितपुरको ओमकार पोलिक्लिनिकको ४ तले भवन पूर्ण रुपमा ध्वस्त, ललितपुरमा १०७ घाइते ।
राजधानीको गोंगबू क्षेत्रमा दर्जनौं घरहरु भत्किए,दर्जनौं घाइतेलाई अस्पतालतर्फ लगिँदै ।
भक्तपुरमा ३२ जना भूकम्पमा घाइते ।
दोलखा र सिन्धुपाल्चोकमा फेरि ठूलो क्षति ।
रामेछापमा ठूलो पहिरो ।
सिंहदरबारको मुख्य भवनमा थप क्षति ।
विद्यालयहरु थप २ साताका लागि बन्द ।
भूकम्पपछि संसदमा सभासदको भागाभाग ।
सोलुखुम्बुमा मानवीय क्षति छैनः प्रमुख जिल्ला अधिकारी,
भूकम्पछि बन्द भएको विमानस्थल खुल्यो
भूकम्प लगत्तै मन्त्रिपरिषदको बैठक सिंहदरबारमा ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालमा उद्धारका लागि तयार रहन आफ्ना अधिकारीहरुलाई निर्देशन ।
अमेरिकी भूगर्भ विभागले ७.४ रेक्टरको भनेपनि ६.८ रेक्टरको भएको नेपालस्थित भूकम्प मापन केन्द्रको भनाइ ।
- Source: http://dainiknepal.com/2015/59591.html#sthash.6PqBKy2S.Ou0WmJMB.dpuf
समाचारसँग सम्बन्धित भिडियो हेर्नको लागि तलको बक्सको बीचमा क्लिक गर्नुहोला ।